Loading...
TOP

Mahesh Raj Joshi

हाँसो हरायो ओठबाट, आँसु मात्रै मीत भयो……… Mahesh Raj Joshi .(Joshi_Technical)

Posted by:- कोडिङ्ग बझाङ्ग
 

रहरहरू मार्नुपर्ने, कस्तो हाम्रो रीत भयो,
अभावैमा हुर्कनु नै, जिन्दगीको गीत भयो।

​भविष्यको चिन्ता बोकी, हिँडिरहेँ मरुभूमिमा,
हाँसो हरायो ओठबाट, आँसु मात्रै मीत भयो।

​उनले पनि बीच बाटोमै, हात छोडी गइन् जब,
लाग्यो मलाई यो संसारमा, मेरै मात्र हार भयो।

​आफन्त नि टाढिएछन्, मेरो खाली गोजी देखि,
दुःख पर्दा कोही भएन, एक्लोपन नै साथ भयो।

​भाग्य भनौँ कि कर्म मेरो, चोट माथि चोट पाएँ,
रुँदा रुँदै आजभोलि, सुख पाउनु नै पाप भयो।

Write An suggestion or Comment: