अभावैमा हुर्कनु नै, जिन्दगीको गीत भयो।
भविष्यको चिन्ता बोकी, हिँडिरहेँ मरुभूमिमा,
हाँसो हरायो ओठबाट, आँसु मात्रै मीत भयो।
उनले पनि बीच बाटोमै, हात छोडी गइन् जब,
लाग्यो मलाई यो संसारमा, मेरै मात्र हार भयो।
आफन्त नि टाढिएछन्, मेरो खाली गोजी देखि,
दुःख पर्दा कोही भएन, एक्लोपन नै साथ भयो।
भाग्य भनौँ कि कर्म मेरो, चोट माथि चोट पाएँ,
रुँदा रुँदै आजभोलि, सुख पाउनु नै पाप भयो।

Write An suggestion or Comment: