तिमी भन्छौ सँगै जुनी काटौँला तर के गर्नु प्रिय,
सबैका सामु आफ्नो शिर यसरी झुकाउन मिल्दैन।
कति रहरहरू त घरको जग सम्हाल्दा सम्हाल्दै मरे,
आमाको आँखामा आँसु पारेर खुसी सजाउन मिल्दैन।
तिमीलाई भुल्छु भन्नु पनि एउटा बहाना मात्रै त हो नि,
आफ्नै मुटुको धड्कनलाई त कसै गरी थुुन्न मिल्दैन।
हिँड्दा हिँड्दै मोडहरू बदलिए पनि गुनासो नगर ल,
सबैको भाग्यमा हुँदैन माया, जबरजस्ती पाउन मिल्दैन।

Write An suggestion or Comment: