जल्नुसम्म जल्यो यो मन, अब खरानी बाँकी छ,
मरेर गए सपना सबै, बस एउटा खरानी बाँकी छ।
सधैं साथ दिन्छु भन्थे, आधा बाटोमै छाडिदिए,
उनको सहरमा मेरो अब, कुन चाहिँ निसानी बाँकी छ?
नयनभरी आँशुका भेल छन्, ओठमा मुस्कान छैन,
खै कसलाई सुनाउनु यहाँ, मेरै आफ्नै कहानी बाँकी छ।
जसलाई मुटु सुम्पिएँ, उसैले खन्जर रोपिदियो,
जिउँदै लास बनेको छु, सास फेर्न मात्रै तानी बाँकी छ।
न कोही आफ्नो भयो यहाँ, न त कसैको माया पाइयो,
रित्तिएका यी आँखाहरुमा, अझै कति नै पानी बाँकी छ?
(Mahesh Raj Joshi )
Write An suggestion or Comment: