नजर जुधाइ मनमा डेरा, जमाउने उनि थिइन्
सपना देखाई मिठो कुरा, सुनाउने उनि थिइन्।
आत्मीयताको बदलामा, दिएर गइन् चोट यहाँ
नपुग्दा रहर मलाई दोषी, बनाउने उनि थिइन्।
अँधेरी रातको साक्षी राखी, मेटाउन खोज्दा तिर्सना
नामर्द भन्दै मलाई तल, खसाउने उनिथिइन्।
सजाएथें मायाको मन्दिर, चोखो भावनाले सधैं
तर मेरै इज्जतमा ढुङ्गा, बर्साउने उनि थिइन्।
सुरुवात आफैं गरेर आज, बिरानो भई हिँडिन् उनी
घातको बिष पिलाई आँसु, खसाउने उनि थिइन्।

Write An suggestion or Comment: