असल रोजौ एक पटक परिवर्तन हुन्छ कि हुदैन
आज हेरन बा तिमै छोरो बेरोजगार छ
त्यो देख्न पैसामा भोट साटेको मन रुन्छ कि रुदैन
हार्ने पार्टिको कार्यकर्ताको गुनासो पनि सुनियो
जित्यो फलानो पार्टिले अब मेरो कुरा सुन्छ कि सुन्दैन
नातावाद ,कृपावाद र समाजवादको कुरा छैन
त्यही वादैवादले भ्रष्टाचारको डोरो बुन्छ कि बुन्दैन
जनताका राजाहरु कानुन भन्दा जान्ने छन
जनतको पक्षमा म बोले भने मलाइ थुन्छ कि थुन्दैन


प्रतिक्रिया दिनुहोस्