उ विद्यार्थी नेता .... Joshi-Technical

Posted by:- कोडिङ्ग बझाङ्ग
 



हप्तौँसम्म कक्षा नटेक्ने, तर हाकिमझैँ गरिखान सिक्ने । गुठी ठानेको कलेजलाई, आफ्नै भनेर किचलो गर्ने ।।
न किताब, न कापी, न कक्षाको ध्यान, तर भाषणमा सधैँ अगाडि नाम ! "विद्यार्थीको हक" भन्दै कराउने, तर सिट पाउन भर्ना चढाउने ।। प्राध्यापकले नियम भने, "हामी नेता हौं!" जवाफ दिने । पढ्न बसेकालाई त्रास देखाउने, हुल बाँधेर कलेज हल्लाउने ।। छात्राका सुरक्षामा चासो छैन, तर तिनैलाई उफार्न चालेको खेल । राम्रो पढ्नेलाई "फट्टु" भन्ने, आफूले चिट बिनै पास नगर्ने ।। सुधारको नारा घन्काउने, तर कुर्सी पाएपछि हराउने । हिजो भात खाएको पसल भुल्ने, आज गाडी चढ्ने दौडधुप गर्ने ।। विद्यार्थी भन्दा पहिले पार्टी ठुलो, चुनाव सकिएपछि सम्बन्ध गुलियो । यस्ता नेताले भविष्य बनाउँछ रे ? हेर हेर, उ विद्यार्थी नेता रे !

Comments

Contact Form

Name

Email *

Message *

Followers