ग़ज़ल: उम्मेदवारी
स्ववियु आयो अब तिमी पनि तयार हुनू,
सपना पूरा गर्ने बेला, व्यवहार हुनू।
उम्मेदवारी तिम्रो समर्पणमै लेखिएको,
अब त तिम्रो हिम्मतको आधार हुनू।
सजिला छैनन् बाटाहरू संघर्षका यहाँ,
तर इमानदारीले सफल संसार हुनू।
युवाका आशाहरू तिमीमा समेटिए,
साँचो नेतृत्वले नयाँ बहार हुनू।
सत्य, निष्ठा, परिश्रमको मार्ग समात,
भविष्य उज्यालो बनाउने अवतार हुनू।
— ✍️ महेश राज जोशी 😊

Write An suggestion or Comment: