म अध्यारोमा चुपचाप सुतिरहेको छु।
जीवनको हर्ष र व्यथा सोचिरहेको छु ।
सपना र यथार्थ बिचको भिन्नता ,
आज मैले थाहा पाएको छु।
रातको अन्धकारले मलाई छोपिरहेको छ,
तर मनमा आशाको दीपले उज्यालो दिने प्रयास गरिरहेको छ।
जीवनको लहरहरुमा आज एक्लै यात्रा गरिरहेको छु,
अनगिन्ती सपनाहरु लिएर हराएको मनलाई खोज भौतारिरहेको छु।
खुल्ला आकाशमा कहिले उड्ने भनि पर्खिरहेको छु,
असफलता र निराशामा हराईरहेको छु।
तर अझैपनि आशा जिउदै छ मनको कुनामा,
यथार्थ सबै असफल भए अफै सपनाहरुमा हराईरहेको छु💝

Write An suggestion or Comment: