म के गर्दैछु ?
जीवनका हर्ष र व्यथा सोचिरहेको छु।
सपना र यथार्थ बीचको भिन्नता,
आज मैले थाहा पाइरहेको छु।
रातको अन्धकारले मनलाई छोपिरहेको छ,
तर मनमा आशाको दीपले उज्यालो दिने प्रयास गरिरहेको छ ।
जीवनका लहरहरुमा आज एक्लै यात्रा गरिरहेको छु,
अनगिन्ती सपनाहरु लिएर हराएको मनलाई खोज़ भौंतारिरहेको छ।
खुल्ला आकाशमा कैले उड्छू भनी पर्खिरहेको छु,
असफलता र निराशामा हराइरहेको छु।
तर अझैपनि आशा जिउँदै छ मनको कुनामा,
यथार्थ सबै असफल भए पनि आफ्नै सपनाहरुमा हराइरहेको छु ।।

प्रतिक्रिया दिनुहोस्