थाहा छ मेरो काधमा जिम्मेवारीको भारी आएको छ । ……… Joshi-Technical.

Posted by:- कोडिङ्ग बझाङ्ग

                                                   महेश राज जोशी 


थाहा छ मेरो काधमा जिम्मेवारीको भारी आएको छ । 
हिजोको चिल्ला गालामा आज जुङ्गादारी आएको छ ||




म न दुखलाई स्वीकार्न सक्छु न त सुखलाई भेट्टाउन
 म वारी अल्मलिदा मेरा खुसि दगुरेर पारी आएको छ ||


आमा लुछरुप्प भिज्दा फेर्ने लुङ्गि दिन सक्दिन.. मैले 
सुन्छु.. छिमेकिको घरमा करोडौंको सारी आएको छ ||


यो अबस्था अवश्य पार गर्छु, हरेस नखाउ मेरि आमा 
अहिले मेरो जिन्दगीमा दुखको भेलबारी आएको छ ||

Comments

Contact Form

Name

Email *

Message *

Followers