Mahesh Raj Joshi
Thalara 01 bajhang
भोक लाग्छ , अभाव लाग्छ,बिमार लाग्छ
हजुरको सुन समातियो मन नदुखाउनुहोला
हजुर घर लाग्नुहोस भरिया कारागार लाग्छ
नेपाल सरकार आफ्नो अनुगमन यसरि गर्छ
पछाडि भ्रष्टाचार लाग्छ अगाडि अख्तियार लाग्छ
तपाई अभियान्ता बन्नेलाई चंन्दा दिदै जानुस
भोलि मागेर समाजसेवा गर्नेको बजार लाग्छ
मान्छे रोएको केवल मान्छेले मात्रै देखोस
पत्रकारले देख्यो भने आसुमा व्यापार लाग्छ

Write An suggestion or Comment: