अझै ठूलो भाषण देशलाइ सिङापुर बनाउने रे ……………Joshi-Technical

Posted by:- कोडिङ्ग बझाङ्ग



महेश राज जोशी (पुन्टु) 
थलारा -1 बझाङ्ग 



  मटर गुड्ने बाटो छैन हेर्नलाई रेल ल्याउनेरे !! 
हेर्न लाएकको ठाउ छैन भ्युटावर बनाउनेरे !!

दुईसय मिटर बाटो बनाउन दुईदशक लाउछन ! 
अझै ठूलो भाषण देशलाई सिंगापुर बनाउनेरे !!

लुटि ल्यायो भुटी खायो बनेकोछ युवाको जिंदगी ! 
अझ कृषि अनुदान घटाएर स्वरोजगार बनाउनेरे!!

सरकार बन्न दुई बर्ष ढल्न दुई मिनेट खेलैखेल छ यहा!
 अझै बोल्छन स्यालहरु मजबूत सरकार बनाउनेरे!!

आशु पोखी दुख बोकी जनता युवा पर्देश तिर लागे ! 
रेमिट्यान्सको पैसा खादै भबिस्य चाही उनीहरु बनाउनेरे !!

Comments

Contact Form

Name

Email *

Message *

Followers