नागरिता हैन सरकार मलाई पासपोर्टको खाचो छ.........Joshi Technical.
Posted by:- कोडिङ्ग बझाङ्ग
नागरिता हैन सरकार मलाई पासपोर्टको खाचो छ
सर्टिफिकेटको खोस्टा हैन मलाइ पैसाको खाचो छ
बिन्ती छ मलाइ त्यो पासपोर्टमा कर नलगाइदेउ है
त्यो कर तिर्ने पैसा मेरो घरको छाक टार्न खाचो छ
तिमि सपना बोकेर सहर छिर्यौ म त्यही थोत्रे झोला
फटफट पट्काउने चप्पल त गासेको छु म सङ अरु के नै होला
आमाको कानको आना सुन बेचेर खाडी जान हिडेको हु
बिन्ती छ भगवानलाई ठगे नि म दुखिलाइ छोडी दिनु होला
तिमी सुखले मातिएर हिड्छौ म कहाँ दुखले आत्तिएर हिडेको
छिरे सहर पाखे भने जान्छु खाडी यदि मलाइ नि लान्छौ भने
बेच्छु बरु आफैलाइ अरे कोहि त आएर किनि देउ म दुखिलाइ
पाइन्छ रोजागार भने बेचिदिन्छु पसिना म पनि बिदेशी साहुलाइ ।।
Comments