Loading...
TOP

Mahesh Raj Joshi

मेरो लागि म बिरालो अनि मुसि हौ तिमि ... Joshi Technical.

Posted by:- कोडिङ्ग बझाङ्ग


         को हौ तिमी 
 
हो,छुनै नहुने आखाको नानि हौ तिमी 
नाप्नै नमिल्ने समुन्द्रको पानी हौ तिमी 
होलान तिम्रा बेग्लै विकृतिहरु 
तर पवित्र संस्कारको खानी हौ तिमि 

पवित्रताको के कुरा गर्नु वाइवल पुराण अनि गिता हौ 
होइन म राम तर कलियुगको सीता हौ तिमी 
होला सायद  सब भाग्यको खेल 
तर मेरो लागि भाग्य बदल्ने चिठ्ठा हौ तिमी 

खराब निर्णय लिदा भत्भती पोल्ने छाती हौ तिमि
झुटो बोली बोल्दा ,बोली रोकिने घाँटी हौ तिमि 
होला कसैको दिदी बहिनी 
तर मेरो लागि सङै जुनि काट्ने जीवन साथी हौ तिमी 

हिरा त भन्दिन तर मलाइ चाहिने फलाम हौ तिमी 
मेरो मन दुखेमा सन्चो गराउने मलम हौ तिमि 
यति मीठो कबिता लेख्छु म 
सायद हरेक शब्द लेख्दा चाहिने कलम हौ तिमी 


कलम पनि चल्दैन तिमी बिना सायद मसि हौ तिमी 
कलम मात्र हैन मनको कुना कुनामा बसि छौ तिमी 
सबको आफ्नै पहिचान होला 
तर मेरो लागि म बिरालो अनि मेरि मुसि हौ तिमी 













Write An suggestion or Comment: